May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

सेयर लगानीकर्तालाई सचेत बनाउनुपर्ने छ : अर्थमन्त्री

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० ११:0७
सेयर लगानीकर्तालाई सचेत बनाउनुपर्ने छ :  अर्थमन्त्री
  • सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित 
  • बजार घट्दा लगानीकर्ता निराश
  • बजारलक्षित केही निर्णय आउलान् भन्ने आश 

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् । सोमबार काठमाडौंमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए । “सीमित व्यक्तिले अहिले पनि बजारमा खेल्ने गरेका छन् । सबैले बजार बुझेका हुँदैनन्,” उनले भने, “पुँजीबजारको विषयमा सबैलाई ज्ञान नहुने भएकाले चेतना फैलाउन आवश्यक छ । सूचनाको क्रान्तिले अवसर ल्याएको छ । यसको उपयोग गर्नुपर्छ ।”

बजार घट्दा लगानीकर्ता निराश भएको उनले बताए । केही दिनमै बजारलक्षित निर्णय गरिने उनको भनाइ छ । “बजार अहिले घट्ने गरेको छ । कतिपयको नीतिका कारणले पनि हो । बजारलक्षित केही निर्णय आउलान् भन्ने मैले आशा लिएको छु,” उनले भने । पछिल्लो समय ब्रोकरको संख्या बढ्दा आमलगानीकर्तालाई फाइदा भएको मन्त्री डा. महतले बताए ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट