sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अपराधी छुटाएको भन्दै रास्वपाको टोली पुग्यो राष्ट्रपति भेट्न

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:२२
अपराधी छुटाएको भन्दै रास्वपाको टोली पुग्यो राष्ट्रपति भेट्न
  •  गुन्डा नाइकेलाई माफी दिइएको विरोध गर्दै रास्वपा
  • ध्यानाकर्षण गराउन उनीहरु राष्ट्रपति कार्यालय पुगे रवि 
  • जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएकोमा असन्तुष्टि

काठमाडौँ ।।

कर्तव्य ज्यानसम्बन्धी घटनामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके योग ढकाल (रिगल) लाई गत असोज ३ गते परेको संविधान दिवसको अवसरमा माफी दिइएको विरोधमा ध्यानाकर्षण पत्र लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको टोली शीतल निवास पुगेको छ। नेपालगञ्जकै चेतन मानन्धरलाई दिनदहाडै खुँडा हानेर हत्या गरेपछि जिल्ला अदालत बाँकेको आदेशमा सर्वस्वससहित जेल सजाय पाएका ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा बाँकी सजाय माफी मिनाहासहित रिहा गर्न निर्देशन दिएका थिए।

उक्त प्रकरणमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू सोमबार राष्ट्रपति कार्यालय पुगेका हुन्।  दिनदहाडै मानन्धरको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन उनीहरु राष्ट्रपति कार्यालय पुगेका हुन्।

शीतल निवसामा सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू पुगेका हुन्। व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई संविधान दिवसमा उन्मुक्ति दिने परिपार्टी अन्त्यका लागि रास्वपाले संसद्मा संकल्प प्रस्ताव पनि दर्ता गर्ने भएको छ। मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका ‘रिगल’ भनिने योगराजलाई संविधान दिवसमा राष्ट्रपति पौडेलले माफी दिएका थिए । ढकाललाई माफी सिफारिसका लागि नेपाली कांग्रेसका नेताहरुले कारागार व्यवस्था विभागमा समेत दबाब दिएका थिए।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid