काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) सुनको भाउ प्रतितोला १ लाख ७ हजार ९ रुपैयाँ पर्ने भएको छ । यसअघि प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ सय रुपैयाँले घटेको हो । त्यस्तै, १ लाख ७ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ७ हजार ४ सय रुपैयाँमा झरेको छ । यता, चाँदीको भाउ समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ४० रुपैयाँ पर्ने भएको छ ।