April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै पाेखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १३:५२
अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै पाेखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

कास्की – पोखरामा एक दृष्टिविहीन शिक्षिका अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै आमरण अनसनमा बस्नुभएकाे छ । पाेखरा- १ बगरमा रहेकाे शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीकाे परिसरमा दृष्टिविहीन शाेभा पाैडेल हिजाे आइतवारदेखि अनसन बस्नु भएकाे हाे ।

लमजुङकाे दाेर्जी गाउँपालिकाकाे बालकल्याण माविमा नियुक्ति रहेकाे तर दृष्टिविहीन भएका कारण आफूलाई विद्यालय जान आउन निक्कै समस्या भएकाे उहाँले बताउनु भयाे । उहाँले गएकाे वर्षअघि शिक्षक सेवा आयाेगबाट स्थायी शिक्षकमा नाम निकाल्नु भएकाे हाे । उहाँले पायक विद्यालयमा नियुक्ति र हाजिर गराइ स्थायी राेजगारीकाे सुनिश्चित हुनुपर्ने माग राख्नुभएकाे छ । उहाँले १५ वर्षदेखि पाेखराकाे राष्ट्रिय माविमा पढाउँदै आउनु भएकाे थियाे । आफ्नाे परिवारका अन्य सदस्यमा पनि अपाङ्गता भएका कारण आफूलाई झन् समस्या भएकाे गुनासाे गर्नुभयाे ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १३:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।