April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कांग्रेसले केन्द्रीय समितिको बैठक ‘लाइभ’ नगर्ने

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १२:४0
कांग्रेसले केन्द्रीय समितिको बैठक ‘लाइभ’ नगर्ने
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ‘लाइभ’ नहुने
  • लाइभ गरेर आफूलाई पारदर्शी नदेखाउने 
  • आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै

काठमाडौं ।।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ गर्न नसकिने जानकारी दिए । “प्राविधिक कारण आजको बैठक लाइभ गर्न नसकिने भयो,” उनले भने । कांग्रेसले दुई वटा केन्द्रीय समिति बैठक आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ गरेर आफूलाई पारदर्शी देखाउन खोजेको थियो ।

गएको साउन र असोजमा भएको केन्द्रीय समिति बैठक फेसबुक पेजमा लाइभ गरिएको थियो । बैठक लाइभ गरेर वाहवाही कमाएको पार्टीले पुनः प्राविधिक कारण देखाएर बैठक लाइभ नगर्ने तयारी गरेको हो । कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।