एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले राजधानी कीभमा जारी विदेशमन्त्री स्तरीय बैठकले यूरोपेली युनियनको भविष्यको सीमा निर्धारण गर्ने बताएका छन् । कुलेबाले यूरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किभमा सोमबार सम्बोधन गरेका हुन् ।
रूससँग युद्धरत युक्रेनमा यूरोपेली संघको पहिलो बैठक बसेको हो । त्यसैले उनले जारी बैठकलाई यूरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी संज्ञा दिएका हुन् ।
‘वर्तमानमा पहिलो पटक यूरोपेली युनियनको सीमाबाहिर यूरोपेली युनियनका विदेश मामिला परिषद्को बस्न गइरहेको यो बैठक ऐतिहासिक घटना हो’, कुलेबाले भनेका छन्, ‘तर भविष्यमा यो बैठक यूरोपेली युनियनको सिमानाभित्र बस्न गइरहेको छ ।’