sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी सरकार र आन्दोलनरत पक्षबीच ५ घण्टा छलफल

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १४:0४
कोशी सरकार र आन्दोलनरत पक्षबीच ५ घण्टा छलफल

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षबीच सोमबार वार्ता भएको छ । सोमबार विराटनगरको होटल विगमा करिब ५ घण्टा वार्ता भएको हो ।

वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै दुबै पक्षले छलफल सौहार्द्धपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । उनीहरुले दुबै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति भएको पनि बताए ।

सरकारी वार्ता टोलीका संयोजक मन्त्री तिलकुमार मेन्याङ्बोले वार्तामा विषय प्रवेश भएको र पुन: वार्तामा बस्ने सहमति भएको बताए । आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्तामा विषय प्रवेश भएङ्को र फेरि बस्ने सहमति भएको बताए ।

प्रदेशसभाले १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाहरुले आन्दोलन सुरु गरेका थिए । उनीहरुले विराटनगर केन्द्रित आन्दोलन गर्नुका साथै शीर्ष नेता र कोशी प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा अवरोध गर्दै आएका थिए ।

आन्दोलनरत पक्षका वार्ता टोली सदस्य ग्याल्जे शेर्पाले सरकारसँग वार्ता प्रारम्भ भएको बताए । ‘वार्ताको प्रारम्भ गर्‍यौं हाम्रो निश्कर्ष के हो भने यसपछि फेरि अर्को वार्ता गर्ने र समस्या हल गर्दै अघि बढ्ने सहमति भयो’ उनले भने ।

 

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid