sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कबड्डी जितेर उल्लासमै सुनिताले हजुरआमा गुमाएको खबर पाएपछि…..

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:२४
कबड्डी जितेर उल्लासमै सुनिताले हजुरआमा गुमाएको खबर पाएपछि…..
  • खेल जितेर नेपाली टोली उल्लास मनाउँदै गर्दा दु:खको खबर सुन्नुपर्‍यो
  • उनले आफ्नी हजुरआमा बितेको खबर पाइन्
  • डेब्यु खेलमै बंगलादेशलाई हराएर विजयी सुरुवात
  • यस समूहमा नेपालले मंगलबार इरानसँग खेल्ने

 हान्झाउ ।।

१९ औं एसियाली खेलकुद अन्तर्गत  सोमबार नेपाली महिला कबड्डी टिमले पहिलो खेलमा बंगलादेशविरुद्ध ऐतिहासिक जित हात पार्दै पदक जित्ने लगभग पक्का भएको छ । जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा समूह बीको खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले हराएर कास्य पदकको नजिक पुगेको छ । खेल जितेर नेपाली टोली उल्लास मनाउँदै थियो । त्यही बेला नेपाली टिमकी सदस्य सुनिता थापाले भने दु:खको खबर सुन्नुपर्‍यो । खेल सकिएपछि उनले आफ्नी हजुरआमा बितेको खबर पाइन् । ‘आज हामीले जित्यौँ । यसमा म खुशी र दु:खी दुवै भएँ । जितले पदक नजिक पुगेको खुशी छ भने घरमा मैले हजुरआमा गुमाउनुपर्‍यो’ उनले भनिन् ।

खेलअघि उनलाई हजुरआमाको मृत्युबारे जानकारी थिएन । ‘खेलअघि मैले बुबासँग फोनमा कुरा गरेको थिएँ । तर केही थाहा थिएन । बुबाले मोबाइल स्वीच अफ गरेर खेल भन्नुभयो । खेलपछि फेसबुकमा फोटोहरु सहित देखेपछि थाहा भयो । मैले अन्तिम समयमा हजुरआमालाई देख्न पाइन’ सुनिताले भनिन् । सुनिताकी हजुरआमाको कञ्चनपुरको महेन्द्रनगरमा सोमबार बिहान निधन भएको हो। नेपाली महिला कबड्डी टिमले पहिलो पटक एसियाड खेलेको हो र डेब्यु खेलमै बंगलादेशलाई हराएर विजयी सुरुवात गरेको हो ।

यो जित १९औं एसियाडमा नेपालको पदकको खडेरी तोड्न सक्ने जित समेत बनेको छ । नेपाल रहेको समूहमा तीन टिम मात्र रहेकाले पहिलो खेलमा बंगलादेशलाई हराएपछि पदक नजिक पुगेको हो । यस समूहमा नेपालले मंगलबार इरानसँग खेल्नेछ । त्यसपछि इरान र बंगलादेशबीच खेल हुनेछ । नेपाल  र इरानबीच जस्तो नतिजा आएपनि अन्तिम खेलमा इरानले बंगलादेशलाई हराएमा नेपालले सेमिफाइनल पुग्दै पदक पक्का गर्नेछ । इरान बलियो टोली रहेकोले बंगलादेशलाई हराउनेमा नेपाली टोली विश्वस्त छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid