May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

कबड्डी जितेर उल्लासमै सुनिताले हजुरआमा गुमाएको खबर पाएपछि…..

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:२४
कबड्डी जितेर उल्लासमै सुनिताले हजुरआमा गुमाएको खबर पाएपछि…..
  • खेल जितेर नेपाली टोली उल्लास मनाउँदै गर्दा दु:खको खबर सुन्नुपर्‍यो
  • उनले आफ्नी हजुरआमा बितेको खबर पाइन्
  • डेब्यु खेलमै बंगलादेशलाई हराएर विजयी सुरुवात
  • यस समूहमा नेपालले मंगलबार इरानसँग खेल्ने

 हान्झाउ ।।

१९ औं एसियाली खेलकुद अन्तर्गत  सोमबार नेपाली महिला कबड्डी टिमले पहिलो खेलमा बंगलादेशविरुद्ध ऐतिहासिक जित हात पार्दै पदक जित्ने लगभग पक्का भएको छ । जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा समूह बीको खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले हराएर कास्य पदकको नजिक पुगेको छ । खेल जितेर नेपाली टोली उल्लास मनाउँदै थियो । त्यही बेला नेपाली टिमकी सदस्य सुनिता थापाले भने दु:खको खबर सुन्नुपर्‍यो । खेल सकिएपछि उनले आफ्नी हजुरआमा बितेको खबर पाइन् । ‘आज हामीले जित्यौँ । यसमा म खुशी र दु:खी दुवै भएँ । जितले पदक नजिक पुगेको खुशी छ भने घरमा मैले हजुरआमा गुमाउनुपर्‍यो’ उनले भनिन् ।

खेलअघि उनलाई हजुरआमाको मृत्युबारे जानकारी थिएन । ‘खेलअघि मैले बुबासँग फोनमा कुरा गरेको थिएँ । तर केही थाहा थिएन । बुबाले मोबाइल स्वीच अफ गरेर खेल भन्नुभयो । खेलपछि फेसबुकमा फोटोहरु सहित देखेपछि थाहा भयो । मैले अन्तिम समयमा हजुरआमालाई देख्न पाइन’ सुनिताले भनिन् । सुनिताकी हजुरआमाको कञ्चनपुरको महेन्द्रनगरमा सोमबार बिहान निधन भएको हो। नेपाली महिला कबड्डी टिमले पहिलो पटक एसियाड खेलेको हो र डेब्यु खेलमै बंगलादेशलाई हराएर विजयी सुरुवात गरेको हो ।

यो जित १९औं एसियाडमा नेपालको पदकको खडेरी तोड्न सक्ने जित समेत बनेको छ । नेपाल रहेको समूहमा तीन टिम मात्र रहेकाले पहिलो खेलमा बंगलादेशलाई हराएपछि पदक नजिक पुगेको हो । यस समूहमा नेपालले मंगलबार इरानसँग खेल्नेछ । त्यसपछि इरान र बंगलादेशबीच खेल हुनेछ । नेपाल  र इरानबीच जस्तो नतिजा आएपनि अन्तिम खेलमा इरानले बंगलादेशलाई हराएमा नेपालले सेमिफाइनल पुग्दै पदक पक्का गर्नेछ । इरान बलियो टोली रहेकोले बंगलादेशलाई हराउनेमा नेपाली टोली विश्वस्त छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट