May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

विद्यालयको फरक पोसाक किन्न बाध्य पार्नेलाई काठमाडौं महानगरले कानुनबमोजिम दण्ड सजाय दिने

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:३0
विद्यालयको फरक पोसाक किन्न बाध्य पार्नेलाई काठमाडौं महानगरले कानुनबमोजिम दण्ड सजाय दिने
  • विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह
  • विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो
  • कानुनबमोजिम दण्ड सजाय हुने व्यहोराको जानकारी 

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह गरेको छ । महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएको परिपत्रमा उल्लेख छ ।

“काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,” परिपत्रमा लेखिएको छ, “कोही कसैले यस परिपत्रविपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।”

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट