May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

८ दिनपछि मणिपाल अस्पतालबाट सुकमायाको शव उठ्यो

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १२:0३
८ दिनपछि मणिपाल अस्पतालबाट सुकमायाको शव उठ्यो
  • सुकमाया दुराको मृत्युपछि चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ
  • अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्की  पक्राउ
  • भीडबाट तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजी
  • सुकमायाको मृत्यु भएको भन्दै आफन्तका तर्फबाट डाक्टर अनिल शाहमाथि हातपात

पोखरा ।।

गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सुकमायाको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका कार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन् । कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाका अनुसार भीडबाट तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा छन् ।

गत ८ गते चिकित्सकको लापरबाहीले सुकमायाको मृत्यु भएको भन्दै आफन्तका तर्फबाट डाक्टर अनिल शाहमाथि हातपात भएको थियो । डाक्टर कुटिएको विषयले देशैभरि आन्दोलन भएको थियो । ८ गते नै डाक्टर कुटेको आरोपमा २७ बर्षीय विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । चिकित्सकका तर्फबाट पनि डा. दिनेशलाई पक्राउ गरेर एक दिन हिरासतमा राखेर छोडेपछि आफन्तले झनै आन्दोलन चर्काएका थिए । मणिपाल प्रकरणमा माओवादी निकट चिकित्सक संगठनका नेता डा. दिनेश विकसमेत पक्राउ परेपछि स्वास्थ्यकर्मीले आन्दोलन झनै चर्को पारेका थिए । डाक्टरमाथि एकपछि अर्को आक्रमणका घटना भएको भन्दै चिकित्सकहरुले देशैभरि आन्दोलन गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले डाक्टर कुट्ने र तोडफोड गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता नै जनाएका थिए ।

 

 

चिकित्सकले डाक्टर कुट्ने, तोडफोड गर्नेलाई पक्राउ गर्नुपर्ने माग गर्दै आकस्मिकबाहेकका सेवा थप्प पार्दै प्रशासन कार्यालयअघि प्रदर्शनसमेत गरेका थिए भने आफन्तका तर्फबाट महेन्द्रपुलमा चक्काजाम गरेका थिए । तनाव व्यवस्थापनमा खटिएका प्रहरीले नै डाक्टर कुटेर आएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएको भिडियो अनलाइनखबरमार्फत सार्वजनिक भएपछि गृह मन्त्रालयले एक्सन लिएको थियो । यो प्रकरणमा इन्स्पेक्टर मदन श्रेष्ठ निलम्वनमा छन् भने वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रकाश जोशी काजमा हेडक्वाटर तानिएका छन् ।

अस्पताल प्रशासन र डाक्टरबीच ६ बुँदे सहमति भएपछि आन्दोलन मत्थर भएको थियो । तर, सहमति पछि पनि अस्पताल तोडफोड गर्ने १२ असोजमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको थियो । सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरी प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनविपरीत काम गरेको कसुरमा मुद्दा अगाडि बढाएको छ । सहमति भइसकेको भनिएको मणिपाल प्रकरणमा प्रहरीले फेरि पक्राउ गरेको भन्दै आफन्तले सुकमायाको शवसमेत बुझेका थिएनन् । अस्पताल र आफन्तबीच सहमति भएको तर प्रहरीले तोडफोडमा उत्रिएकालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको एसपी थापाले बताए ।

मृतकका आफन्तले पक्राउ परेका व्यक्तिको रिहाइ गर्न माग गर्दै शव नउठाएकोमा छिटोभन्दा छिटो सहजीकरण गरिदिने सर्तमा मंगलबार बिहान (आज) शव उठाइएको छ । आफन्तले ८ दिनपछि अस्पतालमा शव उठाएको एसपी थापाले जानकारी दिए । प्रहरीले स्वास्थ्य संस्था सम्बन्धी ऐनअनुसारै पक्राउ परेका व्यक्तिको कानुनी प्रक्रिया अगाडि बढाउने थापाको भनाइ थियो ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट