May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै

अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेलाई जरिवाना

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १२:२७
अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेलाई जरिवाना
  • नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने
  • उत्खनन गर्ने र बिक्री–वितरण गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गरिने
  • सार्वजनिक सूचना जारी गरिएकामा तोकिएको म्यादभित्र बोलपत्र पेस भएका छैनन्,”

कञ्चनपुर ।।

नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोलानदीबाट गिट्टी, ढुंगा, माटो, बालुवाको अवैध उत्खनन गर्ने र बिक्री–वितरण गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गरिने भएको हो । नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थको उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।

“नगरपालिका क्षेत्र भएर बग्ने वनहरा, बन्द, मछेली र मोहन नदीबाट नदीजन्य पदार्थ संकलन तथा उत्खनन गर्ने कार्यका लागि तीनपटक सार्वजनिक सूचना जारी गरिएकामा तोकिएको म्यादभित्र बोलपत्र पेस भएका छैनन्,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले भने, “त्यही भएर नदीजन्य पदार्थ उत्खनन र बिक्री–वितरणमा रोक लगाइएको छ ।” उनका अनुसार, अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री–वितरणमा रोक लगाइएको छ । तर, मछेली, वनहरालगायत नदीबाट लुकीचोरी नदीजन्य पदार्थको ओसारपसारको कार्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । रासस

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।