May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’

  • साझा परिवेश
  • बुधबार, फाल्गुन ९, २०८० १४:२७
‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’

काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘दयारानी’ हेरिदिएकोमा सबै प्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक पोस्टर शेयर गर्दै उक्त आभार व्यक्त गरेका हुन् ।

सार्वजनिक पोस्टरमा फिल्मको कलेक्सन २ करोड ५० लाख उल्लेख गर्दै हिट भएको दाबी समेत गरिएको छ । तर फिल्मको कलेक्सनलाई पुष्टि गर्ने आधार भने छैन । किनभने चलचित्र विकास बोर्डले केही महिनादेखि बक्स अफिस तथ्याङ्क बिग्रिएको दाबी गर्दै आएको छ ।

फिल्म माओत्से गुरुङले निर्देशन गरेका हुन् । देशकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले बुधबारका लागि देशभर २८ शोज उपलब्ध गराएको छ, जुन उत्साहप्रद हो । यसले पनि फिल्मको व्यापार राम्रो रहेको देखाउँछ ।

‘दयारानी’मा दयाहाङ राईको जोडी अभिनेत्री दीया पुन बनेकी छन् । फिल्ममा दयाहाङ र दीयाको अलावा विजय बराल, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ लगायतको अभिनय छ । फिल्मले निःसन्तान दम्पतीको कथा उठाएको छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन ९, २०८० १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट