May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सशस्त्र प्रहरिद्वारा करीव ८० लाख बराबरको लत्ताकपडा बरामद

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:१५
सशस्त्र प्रहरिद्वारा करीव ८० लाख बराबरको लत्ताकपडा बरामद

सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट असोज १६ गते सशस्त्र प्रहरीले करीव ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले उल्लेखित मुल्यको ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

स्थानीयवासिको तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कस्ले राखेको भन्ने खुल्न सकेको छैन ।

पछिल्लो समय नजिकिदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेष योजनाकासाथ सीमामा परिचालित भएको डिएसपि थापाले बताए । बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट