April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

स्वास्थ्यकर्मीको रक्षा गर्नुपर्छ, सम्झौता गरिएको २४ घण्टा नबित्दै आक्रमण हुनु दुःखद : महामन्त्री गगन

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:0९
स्वास्थ्यकर्मीको रक्षा गर्नुपर्छ, सम्झौता गरिएको २४ घण्टा नबित्दै आक्रमण हुनु दुःखद : महामन्त्री गगन
  • महामन्त्री गगनकुमार थापाले स्वास्थ्य संस्थाको क्षमता बढाउनुपर्नेमा जोड
  • “स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता बढाउन आग्रह  
  • मन्त्रालयमा धुलो लागेर बसेको खाका, प्रमलाई पढ्न अनुरोध 
  • सम्झौता गरिएको २४ घण्टा नबित्दै स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखद 

काठमाडौं ।।

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य संस्थाको क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यसका लागि एकीकृत खाकासहितको स्वास्थ्य पूर्वाधार मापदण्ड तयार गरिएको बताए । त्यसलाई एकपटक पढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले आग्रह गरे ।  “स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता नबढाइ हुँदैन । हामीले एकीकृत खाकासहित एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड बनाएका थियौँ, यसको कार्यान्वयन गरौँ । मन्त्रालयमा धुलो लागेर बसेको होला, प्रमलाई पढ्न अनुरोध गर्दछु,” उनले भने ।

सम्झौता गरिएको २४ घण्टा नबित्दै स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु एकदमै दुःखद भएको उनले उल्लेख गरे । “आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बेधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ,” उनले भने, “घटना हुन्छ, आन्दोलन हुन्छ, सम्झौता हुन्छ । तर, कार्यान्वयन हुँदैन । यो चक्र तोड्ने हो भने एकपटक नेपाल सरकारले नेपाल मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरोस् ।” उनले सम्झौता कार्यान्वयन गर्न सांसदको भूमिका आवश्यक परे त्यो प्रदान गर्न तयार रहेको बताए ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।