April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:३४
अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागिता अनि चीन भ्रमणमा भएका सम्झौता र सहमतिबारे पार्टीलाई ‘ब्रिफिङ’ गरेका छन्।

उनले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्त्वका भएको उल्लेख गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘संयुक्त राष्ट्रसंघको महासभामा विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने गरी नेपालको प्रस्तुति भएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘संयुक्त राष्ट्रसंघका महासचिवसँगको भेट तथा महासभाका क्रममा भएका ‘साइडलाइन’ वार्ता महत्त्वपूर्ण रहे।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य तथा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने, कृषि, विज्ञान प्रविधिलगायत क्षेत्रको विकासका लागि दुई देशबीच भएको सहमति दूरगामी महत्त्वका रहेको बताएको प्रवक्ता सापकाटाको भनाइ छ।

चीनमा राष्ट्रपतिसँग महत्त्वपूर्ण भेटवार्ता भएको र संयुक्त विज्ञप्ति आउनु पनि उपलब्धि भएको प्रचण्डले जिकिर गरेका थिए। बैठकले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत चाडपर्वको अवधिभर घर पाइपमा जनताका काम गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ।

यसअघि अन्तरजिल्ला काम गर्दै आएका नेता तथा कार्यकर्तालाई काम गर्न सजिलो बनाइएको हो। १६ भदौदेखि माओवादीले विशेष रूपान्तरण तीन महिने अभियान सञ्चालन गर्दै आएको छ।

दसैँ, तिहार र छठ पर्वमा सहभागी हुन नेता तथा कार्यकर्ता काठमाडौंलगायत देशका विभिन्न सहरबाट घर फर्किन थालेपछि कार्यक्षेत्रलाई लिएर अभियान प्रभावित नहोस् भन्न मोडालिटी परिवर्तन गरिएको पार्टी सचिव दीननाथ शर्माले बताए।

बैठकमा जारी अभियानबारे सामान्य छलफल भए पनि सम्बन्धित प्रदेशको इन्चार्जको रिर्पोटसहित अर्को बैठकमा समीक्षा हुने उनको भनाइ छ। बैठकमा माओवादीले गत १६ भदौदेखि चलाएको रुपान्तरण अभियानबारे पनि छलफल भएको थियो। बैठकले अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट