April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

सहकारी प्रकरणमा संलग्न नरहेको गृहमन्त्री लामिछानेको दाबी

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १६:0९
सहकारी प्रकरणमा संलग्न नरहेको गृहमन्त्री लामिछानेको दाबी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफु संलग्न नरहेको दाबी गरेका छन ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सदस्यहरुले सहकारी ठगीको विषयमा आवाज उठाएपछि गृहमन्त्री लामिछानेले त्यसमा आफ्नो नाममात्र रहेको दाबी गरे ।

आफ्नो दल सरकारमा सहभागी हुनुभन्दा धेरै अघि सहकारी ठगी मुद्दा दर्ता भएकाले यो प्रकरणमा अनुसन्धानका लागि आफु सधैं तयार रहेको उनको प्रतिबद्धता थियो ।

समिति सभापति रामहरी खतिवडाले सहकारी ठगीको विषय बैठकको एजेन्डा नभएको बताएपनि लामिछानेले सांसदहरुले केही कुरा उठान गरेकाले स्पष्ट पार्न आवश्यक रहेको बताए । फरक प्रशंगमा गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकबाट बरामद हतियारबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

हतियार बोक्ने अनुमति एक जनाले लिएको र बरामद हुँदा अर्को जनाले बोकेर हिडेको पाइएकाले त्यसैमा आधारित रहेको अनुसन्धान भइरहेको उनको भनाइ थियो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १४, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।