sweet bonanza
January 31, 2026 | शनिबार, माघ १९, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

सार्वजनिक शौचालय नियमित र व्यवस्थित सञ्चालनमा महानगरपालिकाले सहयोग गर्ने

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १६:१४
सार्वजनिक शौचालय नियमित र व्यवस्थित सञ्चालनमा महानगरपालिकाले सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गराउने भएको छ । भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडा सचिवहरुसँग भएको छलफलमा सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख डा. शिवराज अधिकारीले सहयोग सम्बन्धी जानकारी दिनुभएको हो ।

सार्वजनिक शौचालय भन्नेवित्तिकै मानिसमा फोहोरको चित्र आउँछ । अव्यवस्थित ठाउँ भन्ने लाग्छ । यसलाई रुपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हात धुने साबुन, पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने बानीको विकास गर्न सहयोग गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘महानगरपालिका क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालयहरुको सूची छ । ती तपाईहरुका वडामा छन् । कुन सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ? त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नु पर्छ? २०७९ को प्रारम्भमा व्यक्तिगत तथा संस्थागत रुपमा चलेका १२० वटा शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएको छ । तिनीहरु कसरी चलेका छन्? नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक संघ संस्था सम्बन्धी विवरण संकलन गरेर उपलब्ध गराउनु होला ।’

उहाँले सहरका हरेक ५ सय मिटर दुरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउने महानगरपालिकाको नीति कार्यान्वयन गर्न सबै पक्ष एकै ठाउँमा हुनुपर्ने बताउनुभयो ।

एकाईले शौचालयको स्वच्छता सम्बन्धी आचरण विकास गर्न बर्षको ३ पटक निःशुल्क सफाइका सामान उपलब्ध गराउने भएको छ । यसमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याट सहितका सामान हुनेछन् । स्वर्णिम योजनाअन्तर्गत स्वच्छ पिउने पानी कार्यक्रमकी सम्पर्क अधिकारी कविता राईले, शौचालयको स्वच्छताका लागि डिटोल, रुमाल, रुम स्प्रे, डस्ट विन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहितका सामान उपलब्ध गराइने बताउनुभयो ।

वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तिय संस्था र कार्यालय बिच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाईको योजना छ । सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा र एकाईले नयाँ ठाउँमा शौचालय निर्माण गर्नेछन् । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग गरिनेछ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid