April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:५२
डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण
  • ‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण
  • रोगले सताए पनि राणामा अथाह सिर्जनशीलता
  • चिकित्सा पेसाबाट अवकाश लिइसकेपछि कविता, गीत र गजल लेखनमा समर्पित

ललितपुर ।।

सर्जक डा. कृष्ण जंग राणाको उर्दू भाषाको गजलकृति ‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार मधुवन पौडेललगायतले कृति सार्वजनिक गरे । मन्तव्यका क्रममा गजलकार डा. मोविन खानले डा. राणाको गजलकारिताको चर्चा गर्दै कृतिभित्रको एउटा गजल वाचन गरे ।

मन रोया सौ बार ओ रब्बा सुझे आर ना पार
अब तो खोलो द्वार ओ रब्बा सुझे आर ना पार ।

गजलकार डा. राणाको यो सुफियाना (आध्यात्मिक) गजल वाचन गर्दै डा. खानले आध्यात्मिक चेतले भरिएको यो गजलले हरेक स्रोता र पाठकलाई गम्भीर बनाउने विचार व्यक्त गरे । डा. राणाको उर्दू लिपिमा गजल प्रकाशन गरेर डा. राणाका रचनाहरूलाई आफूहरूले सुरक्षित राख्ने काम गरेको बताए । ९३ वर्षिय गजलकार डा. राणाको २४औं कृति ‘रंग-ए-गजल’को प्रसंग उठाउँदै उर्दू अकादमी नेपालका अध्यक्ष इम्तियाज वफाले मन छुने र आत्मालाई ताजा बनाउने गजलहरू यस कृतिभित्र समेटिएको उल्लेख गरे । प्रा.डा. सनतकुमार वस्तीले डा. राणालाई रोगले सताए पनि उनमा अथाह सिर्जनशीलता रहेको बताए ।

कार्यक्रममा शायर खालिद मोहसिनले पाकिस्तानको एक विश्वविद्यालयले डा. राणाको नवीन कृति ‘रंग-ए-गजल’ कृतिमाथि अनुसन्धानका लागि अनुमति मिलेको जानकारी गराए । उक्त अवसरमा डा. राणाले एउटा गजल वाचन गरे भने उनलाई साथ दिँदै गजलकारहरू करुण थापा, रवि प्राञ्जल, शान्ति शर्मा, डा. लक्ष्मी जोशीले आ-आफ्ना गजल वाचन गरे । उर्दू अकादमी नेपालद्वारा आयोजित कार्यक्रममा विश्व प्रसिद्ध गजलकार मिर्जा गालिबको सम्झना गर्दै गायक मनमोहन थपलियाले मिर्जाको एक गजल गाएर सुनाएका थिए ।  डा. राणा चिकित्सा पेसाबाट अवकाश लिइसकेपछि कविता, गीत र गजल लेखनमा समर्पित छन् ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १३:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट