कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’
अवतरण हुनै लाग्दा जहाजले ओभरसुट गरेको
काठमाडौं । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान सवा ७ बजे अवतरण हुनै लाग्दा जहाजले ओभरसुट गरेको हो ।
रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् । धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि काठमाडौं अवतरण गरेको छ ।
यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ ।