May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ?

खोई राहत सरकार : भुकम्प पिडित

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १२:२६
खोई राहत  सरकार : भुकम्प पिडित

काठमाण्डाै – जाजरकोटका भूकम्प पीडितहरुले अझै पनि राहत नपाएको गुनासो गरेका छन् ।

परिवारका चार सदस्य गुमाउनुभएका नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले अहिले शोकसँगै गाउँमा भोक पनि शुरु भएको बताउनुभयो । मानिस मरेको शोकसँगै रात कटाउन छानो र पेट भर्नका लागि खाना नपाएर गाउँमा समस्या आएको उहाँको भनाइ छ ।

नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि अहिलेसम्म दुई सय ५० मात्र पुगेको नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले बताउनुभयो । नगरपालिकाले सक्दो प्रयास गरिरहेको भए पनि आफूहरुको क्षमताभन्दा माथिको समस्या आएको नलगाडका मेयर डम्बर रावतले बताउनुभयो ।

नलगाड नगरपालिकामा ५४ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन् । यस्तै, बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पनि राहत नपुग्दा समस्या भएको बताउनुभयो । धेरै घर नढलेका भए पनि बस्न नमिल्ने भएकाले स्थानीयलाई समस्या भएको उहाँले बताउनुभयो ।

गएराति पनि बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीहरु पनि खुल्ला आकाशमै बस्न बाध्य भएका छन् । राहत सामग्री प्राप्त हुने र प्रभावित क्षेत्रमा पठाउने काम भइरहेकोले आजदेखि सबै क्षेत्रमा राहत वितरण हुने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

रुकुम पश्चिममा पनि आजदेखि राहत वितरण थप तीव्र हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । गएको शुक्रवार रातिको भूकम्पका कारण एक सय ५७ जनाले ज्यान गुमाएका छन् । सबैको शव आफन्तहरुले बुझिसकेका छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट