sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १३:४६
उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर
  • भएको कामभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन दिएर बढी भुक्तानी लिएको
  • कैद र बिगो जरिवानामा माग दाबी

काठमाडौं ।।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सब इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बल बहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडक बहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी विरुद्ध मुद्दा दायर भएको छ । यसैगरी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका विक, गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता भोला दाहालले जनाएका छन् ।

उनीहरुले आर्थिक वर्ष २०७६/७७ मा लागत अनुमान तयार भएर गाउँपालिकाबाट रकम विनियोजन एवम् उपभोक्ता समितिबीच सम्झौता गरी वास्तविक भएको कामभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन दिएर बढी भुक्तानी लिएको आरोप छ । उनीहरुले ४ लाख ६६ हजार ४८८ रुपैयाँ गैरकानुनी ढंगले लिने-दिने गरेको आरोप छ । आयोगले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९को दफा ८ को उपदफा १ को ग र ङ बमोजिमको कैद र बिगो जरिवानामा माग दाबी गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid