April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असार २८ मा रिलिज हुने

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १२:४३
दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असार २८ मा रिलिज हुने

काठमाडौँ । पछिल्लो समय फिल्म छायाङ्कन अगाडि प्रदर्शन मिति तोक्न थालिएको छ । यस्तैमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’ पनि असार २८ गते सार्वजनिक प्रदर्शनमा आउनेछ । सर्वाधिक सफल जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको हो ।
प्रदर्शन मितिसँगै फिल्मको थिम पोस्टर पनि सार्वजनिक भएको छ ।

अनिल बुढामगरको निर्देशन रहने फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापामगर, खबपु पुनको अभिनय रहनेछ । माघ तेस्रो साताबाट छायाङ्कन सुरु हुन लागेको फिल्म पूर्वी रुकुममा खिचिनेछ । फिल्ममा निर्देशक मगरको अलवा विनोद खतिवडा र सुवास कोइरालाको लेखन रहेको छ ।

जीएम मुभिज प्रडक्सनको प्रस्तुतिमा जनक घर्तीमगर निर्माता रहेको फिल्ममा सुसन प्रजापति, हर्क साउद र मनोज थापाको शब्द तथा सङ्गीत रहनेछ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ । घरज्वाइँ बस्ने परम्पराको कथामा फिल्म बन्न लागेको हो ।शीर्षकले नै फिल्मको कथावस्तुबारे बुझाउँछ । निर्देशक मगरले यसअघि दुई फिल्म ‘लोम्बा’ र ‘आग्रे’को निर्देशन गरिसकेका छन् ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।