May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

बल्खु क्षेत्र तनावग्रस्त

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १२:५४
बल्खु क्षेत्र तनावग्रस्त
  • काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त
  • बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप
  • साई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गर्‍यो
  • संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आयो 

काठमाडौं ।।

काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले यी दुवै पक्षको प्रदर्शनका लागि छुट्टाछुट्टै ठाउँ तोकेको थियो। प्रसाईं पक्षका समर्थकलाई प्रदर्शनका लागि बल्खु चोकमा स्थान तोकिएको छ भने युवा संघका लागि तीनकुनेमा तोकिएको छ।

बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप भएको हो। कलंकीतर्फबाट मोटरसाइकल र्‍यालीसहित बल्खु पुगेको उक्त टोलीमाथि प्रसाईं पक्षका समर्थकले ढुंगामुढा गरेसँग अवस्था तनावग्रस्त बनेको थियो। प्रहरीले स्कटिङ गरिरहेको अवस्थामा बल्खु चोकमा पुगेसँगै प्रसाई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गर्‍यो।युवा संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आएको हो। त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।