April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

कोसीमा अध्यक्ष तथा पदाधिकारीले लिए शपथ

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १४:४५
कोसीमा अध्यक्ष तथा पदाधिकारीले लिए शपथ
  • कार्यसमितिका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिए
  • निर्वाचनमा खतिवडाको प्यानल नै निर्वाचित भए
  • रघुवीरले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए

विराटनगर ।।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोसीे प्रदेश कमिटीको नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार पार्टी अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अध्यक्ष घनश्याम खतिवडासहितका पदाधिकारी तथा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन् । एमाले कोसी प्रदेशका इन्चार्ज रघुवीर महासेठले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए ।

निर्वाचनमा खतिवडाको प्यानल नै निर्वाचित भएको थियो । उपाध्यक्षमा टीकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी, उपसचिवमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भए । खुला भूगोलतर्फ झापाबाट गणेश पोखरेल, एकराज कार्की, बसन्त बानियाँ, देवकुमार राई, घनश्याम अधिकारी, सोमनाथ पोर्तेल, होमबहादुर थापा, राजकुमार थापा, गजेन्द्र ताम्ली, सन्तलाल मेचे, बेनु शिवाकोटी, अमर शिवाकोटी, अम्बिका खनाल, चन्द्र शेर्मा, लक्ष्मी राई, कुमार भुजेल र लोकबहादुर धिमाल निर्वाचित भए ।

यसैगरी, महिला भूगोलतर्फ पवित्रा महतरा, मञ्जु प्रसाई, सुमित्रा भण्डारी, मिरा भूर्तेल, निर्मला पाठक, कमला थापा मगर, कमला आचार्य र इन्दिरा बस्नेत निर्वाचित हुँदा दलिततर्फ मोहन विक र भोला परियार विजयी भए ।  यस्तै, मजदुरतर्फ निर्मला परियार, युवातर्फ अनिता कन्दङ्वा, नीता घतानी, सुमन नेम्वाङ र सुशील राई निर्वाचित भएका छन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट