April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

आलु र प्याजमा भ्याट लगाएर अर्थमन्त्रीले आत्मघाती काम गरे : व्यवसायी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १२:१४
आलु र प्याजमा भ्याट लगाएर अर्थमन्त्रीले आत्मघाती काम गरे : व्यवसायी

काठमाडौं । नेपालमा आलु र प्याजको कारोबार गर्ने व्यवसायीहरुले अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएर आत्मघाती कदम चालेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघले आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री डा. महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्ध भएको जनाएको हो ।

बजेटले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले भने, ‘आयातको विवरणको अंक मात्रै हेरेर विना अध्ययन गरिएको भ्याटको व्यवस्था अर्थमन्त्रीको आत्मघाती निर्णय हो । यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने, उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको छ ।’

अध्यक्ष बानियाँले थपे, ‘सरकारको नीतिपछि व्यवसाय बचाउन हामी हारगुहार गरिरहेका छौं । आलु प्याज आयात गर्न र भन्सार नाकाका आएको वस्तु भन्सार पास गर्न सकेका छैनौं ।’

आलु प्याज व्यवसायमा परम्परागत रुपमा व्यक्तिगत लेखा नम्बरमा आधारित भएर कारोबार गरिरहेकामा एकाएक आएको भ्याटको प्रावधानले आयातमा समस्या सृजना भएको बानियाँको भनाइ छ ।

आलु र प्याज जस्तो हरेक पटकको खरिदमा १५ प्रतिशत नास हुने वस्तुमा अध्ययन विनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । ‘सरकारलाई वार्षिक करोडौं राजश्व तिर्नेलाई व्यवसायबाट हात धुने बनाएर सरकारको राजश्व बढ्छ की घट्छ ?’ उनले प्रश्न गरे, ‘यो गलत भइरहेको छ । उपभोक्ताबाट सरकारलाई भ्याट उठाउन समेत नसक्ने अवस्था हामीले बताए पछि उहाँहरुले बुझ्नु पर्दैन समस्या कहाँ छ ? अध्ययन गर्नु पर्दैन ?’ अध्यक्ष बानियाँले आलु र प्याजमा भ्याट लगाउने निर्णयबाट निसर्त पछाडि फर्कन अर्थमन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले सरकारले दैनिक उपभोग्य वस्तु आलु प्याजमा अनावश्यक बखेडा झिकेर बजार बिगारेको आरोप लगाए ।

नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनको आरोप छ । ‘हामी सयौंको संख्यामा रहेका स्थायी व्यवसायीलाई पेलेर आलु प्याज आयात गर्न नसक्ने अवस्थामा पुर्याइयो, हामीले व्यापारमा क्षति देखेपछि आयात गर्न नसकेकै हो,’ गजुरेलले भने, ‘अहिले बजारमा मूल्य कहाँबाट कहाँ पुग्यो, उपभोक्ता मारमा परे यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

बजारमा आलु प्याज अभावमा आफूहरुलाई दोष थोपरिएको भन्दै उनले त्यसको खण्डन पनि गरे । ‘हामीले नियमित गरिरहेको काममा सरकारले भाँजो हाल्यो । लौन यसो नगरम् भन्दै व्यवसाय बचाउन हिँड्नुपरेको छ । अहिले बजारमा भएको अराजकताको जिम्मा सरकारले लिनुपर्छ ।’

संघका उपाध्यक्ष दीपेन्द्र श्रेष्ठले दिन प्रतिदिन आलु प्याजको बजार बिग्रिरहेको भन्दै थप संकट रोक्न सरकारसँग माग गरे ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।