sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इन्जिनियरिङ संस्थानका अध्यक्ष, सदस्य तथा सल्लाहकार सबै मिलेर दिए राजीनामा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:२५
इन्जिनियरिङ संस्थानका अध्यक्ष, सदस्य तथा सल्लाहकार सबै मिलेर दिए राजीनामा
  • प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरुले संयुक्त राजीनामा बुझाए
  • शुल्क बढेपछि विद्यार्थीहरुले आन्दोलन गरे
  • त्यहि दवाबका कारण पनि राजीनामा दिए

काठमाडौं ।।

इन्जिनियरिङ अध्ययन संस्थानका प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरुले संयुक्त राजीनामा बुझाएका छन् । बोर्डको राजीनामासँगै २२ गते असोजदेखि तोकिएको प्रवेश परीक्षा नहुने पक्का भएको छ । बोर्डका पदाधिकारीले मंगलबार डिन कार्यालयले पठाएको पत्र अनुसार असोज १७, १८ र १९ गते फारम लिएर २२ गते परीक्षा सञ्चालन गर्न नसकिने भन्दै मंगलबार राजीनामा बुझाएको जनाएको छ ।सोमबार संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीले इन्जिनियरिङको स्नातक तहको शिक्षण शुल्क पुरानै तीन लाख १८ हजारमा भर्ना लिने र भर्ना प्रवेश परीक्षाको लागि १७, १८ र १९ समय दिएको भन्दै सूचना जारी गरेको थियो । प्रवेश परीक्षा भने २२ असोजदेखि हुने उक्त सूचनामा जनाइएको थियो ।

तर त्यस मितिमा प्रवेश परीक्षा लिन नसकिने भन्दै बोर्डका अध्यक्ष प्रा.डा.शुशीलबहादुर बज्राचार्य, सदस्यहरु सहप्राध्यापक डा. सञ्जीवप्रसाद पाण्डे, उपप्राध्यापक किरणचन्द्र दाहाल, सदस्य सचिव विदुर ढकाल र सल्लाहरकाहरु सहप्राध्यापक डा. सुरज लामिछाने (परीक्षा शाखाका सहायक डीन) प्रा.डा.हिक्मत राज जोशीले राजीनामा दिएका हुन् । संस्थानले इन्जिनियरिङको स्नातक तहको पूर्ण शुल्कतर्फको शुल्क ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।

त्यसपछि त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुसहितको वार्ताले शुल्कवृद्धि फिर्ता लिने र शुल्क निर्धारणलाई समिति बनाउने निर्णय गरेको थियो । तर सोमबार राति इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले फारम भर्ने र प्रवेश परीक्षा लिने समयसहितको सूचना जारी गरेको थियो ।तर डिन कार्यालयका प्रतिनिधिलाई दबाबमा पारेर सूचना जारी गरिएको भन्दा  मंगलबार पुल्चोक क्याम्पसका ६ विभाग प्रमुखहरुले विभाग सञ्चालन गर्न स्ववियुलाई जिम्मेवारी हस्तान्तरण गरेको वक्तब्य निकालेका थिए ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid