May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

इन्जिनियरिङ संस्थानका अध्यक्ष, सदस्य तथा सल्लाहकार सबै मिलेर दिए राजीनामा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:२५
इन्जिनियरिङ संस्थानका अध्यक्ष, सदस्य तथा सल्लाहकार सबै मिलेर दिए राजीनामा
  • प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरुले संयुक्त राजीनामा बुझाए
  • शुल्क बढेपछि विद्यार्थीहरुले आन्दोलन गरे
  • त्यहि दवाबका कारण पनि राजीनामा दिए

काठमाडौं ।।

इन्जिनियरिङ अध्ययन संस्थानका प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरुले संयुक्त राजीनामा बुझाएका छन् । बोर्डको राजीनामासँगै २२ गते असोजदेखि तोकिएको प्रवेश परीक्षा नहुने पक्का भएको छ । बोर्डका पदाधिकारीले मंगलबार डिन कार्यालयले पठाएको पत्र अनुसार असोज १७, १८ र १९ गते फारम लिएर २२ गते परीक्षा सञ्चालन गर्न नसकिने भन्दै मंगलबार राजीनामा बुझाएको जनाएको छ ।सोमबार संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीले इन्जिनियरिङको स्नातक तहको शिक्षण शुल्क पुरानै तीन लाख १८ हजारमा भर्ना लिने र भर्ना प्रवेश परीक्षाको लागि १७, १८ र १९ समय दिएको भन्दै सूचना जारी गरेको थियो । प्रवेश परीक्षा भने २२ असोजदेखि हुने उक्त सूचनामा जनाइएको थियो ।

तर त्यस मितिमा प्रवेश परीक्षा लिन नसकिने भन्दै बोर्डका अध्यक्ष प्रा.डा.शुशीलबहादुर बज्राचार्य, सदस्यहरु सहप्राध्यापक डा. सञ्जीवप्रसाद पाण्डे, उपप्राध्यापक किरणचन्द्र दाहाल, सदस्य सचिव विदुर ढकाल र सल्लाहरकाहरु सहप्राध्यापक डा. सुरज लामिछाने (परीक्षा शाखाका सहायक डीन) प्रा.डा.हिक्मत राज जोशीले राजीनामा दिएका हुन् । संस्थानले इन्जिनियरिङको स्नातक तहको पूर्ण शुल्कतर्फको शुल्क ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।

त्यसपछि त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुसहितको वार्ताले शुल्कवृद्धि फिर्ता लिने र शुल्क निर्धारणलाई समिति बनाउने निर्णय गरेको थियो । तर सोमबार राति इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले फारम भर्ने र प्रवेश परीक्षा लिने समयसहितको सूचना जारी गरेको थियो ।तर डिन कार्यालयका प्रतिनिधिलाई दबाबमा पारेर सूचना जारी गरिएको भन्दा  मंगलबार पुल्चोक क्याम्पसका ६ विभाग प्रमुखहरुले विभाग सञ्चालन गर्न स्ववियुलाई जिम्मेवारी हस्तान्तरण गरेको वक्तब्य निकालेका थिए ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।