May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति भएपछी सेवा सुरु

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० ११:४१
प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति भएपछी सेवा सुरु
  • भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति
  • विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरियो 
  • आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु

बुटवल ।।

युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको छ । ड्रेस कोडमा असहमति जनाउँदै सुरु भएको आन्दोलन पछिल्लो समय प्रिन्सिपलको राजीनामासम्म पुगेको थियो । असोज २२ गतेबाट सुरु भएको आन्दोलनका कारण कलेजमा पढाइ र अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पिएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु हुने जानकारी गराएका छन् । आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह-प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए ।

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट