बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने
काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ। आजको बैठकमा प्रतिनिधिसभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।