May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य

अचम्मको उड्ने र गुड्ने कार

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:११
अचम्मको उड्ने र गुड्ने कार
  • उड्ने र गुड्न पनि सक्ने कारलाई परीक्षणका लागि अनुमति दिएको छ ।
  • पूर्णरूपमा विद्युतीय ऊर्जाबाट चल्ने यस कारले हाललाई दुई यात्रु बोक्न सक्छ ।
  • १६० किलोमिटर उडान भर्न सक्ने र ३२१ किलोमिटर गुड्न सक्ने बताइएको छ ।

काठमाडौं ।।

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले पहिलोपटक उड्ने र गुड्न पनि सक्ने कारलाई परीक्षणका लागि अनुमति दिएको छ । क्यालिफोर्निया आधारित स्टार्टअप अलेफ एयरोनटिक्सले बनाएको यो कारलाई ’मोडल ए’ नाम दिएको छ । यो फ्लाइङ कार सडकमा गुड्न सक्छ भने अरू सामान्य कारझैँ पार्क पनि गर्न सकिन्छ । पूर्णरूपमा विद्युतीय ऊर्जाबाट चल्ने यस कारले हाललाई दुई यात्रु बोक्न सक्छ ।

एकपटक फुल चार्ज गर्दा यो कार १६० किलोमिटर उडान भर्न सक्ने र ३२१ किलोमिटर गुड्न सक्ने बताइएको छ । तीन लाख अमेरिकी डलर (करिब ३९ करोड नेपाली रुपैयाँ) मूल्य पर्ने अनुमान गरिएको यो कार सन् २०२५ को अन्त्यदेखि बिक्री थाल्ने कम्पनीको भनाइ छ ।

फ्लाइङ कारको प्रदर्शनी, अनुसन्धान र विकासका लागि कम्पनीलाई विशेष वायुयोग्यता प्रमाणपत्र दिएको एफएएले पुष्टि गरेको छ । धेरै कम्पनीले विद्युतीय भर्टिकल टेक अफ एन्ड ल्यान्डिङ (भीटीओएलएस) सवारीको विकास गरिरहेका छन् । एफएएले यस किसिमको प्रमाणपत्र प्राप्त गर्ने अलेफ एयरोनटिक्स मात्रै पहिलो कम्पनी नभएको जनाएको छ ।

तर, अलेफ भने आफ्नो कार सामान्य कारजस्तै देखिने, सडकमा गुडाउन सकिने, पार्क गर्न सकिने र उड्न पनि सक्ने क्षमताका कारण फरक रहेको जनाएको छ । यो स्टार्टअपलाई अर्बपति उद्यमी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले पनि समर्थन गरेको बताइएको छ ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।