May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

युरिक एसिड बढेको छ? के खाने?

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:२२
युरिक एसिड बढेको छ? के खाने?

काठमाडौं-  चिसोको समयमा हाडजोर्नी सुन्‍निने, दुख्‍ने, झमझम गर्ने हुन्छ। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ। यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ।

१. दाल: गेडागुडी दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ। यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त युरिकएसिड बन्छ।

२.सागसब्जी: कुरिलो, फूलगोभी, बन्दा, पालुुङ्गो , च्याउ र गोलभेंडाजस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ। यसका साथै यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि बढी पाइन्छ।

३. माछा-मासु: युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अङ्गको मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ।

४. कोल्ड ड्रिंक: कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयले युरिक एसिडलाई बढाउँछ।

फ्रूक्टोज-स्वीटण्ड-ड्रिंक, मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन। यी पेयहरुमा प्रचूर मात्रामा फ्रू क्टोज पाइन्छ। यसले एटीपी लाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ।

५. अचार: तामा, गुन्द्रुक सिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन।

६. मदिरा: रक्सि, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन युरिक एसिडमा वर्जित छ। मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्र बढाउनको साथैै शरिरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन गर्न अवरोध पुर्‍याउँछ।

७.जंक फूड: जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ। यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको समस्या निम्त्याउन सक्छ। जंकफूड ज्यादा खादा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या आउँछ।

८. समुद्री खाना: विशेषगरी झिंगे माछा (प्राउन), लोवस्टोर , ट्यूना, एन्कोभिज प्र्रजातीका माछा र अन्य समुन्द्री वनस्पतिबाट बनाइने खानेकुरामा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले युरिक एसिडमा हानिकारक मानिन्छ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट