May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ?

शरणार्थी प्रकरणमा माधव नेपाल भन्छन्- बदमासी गर्ने जोसुकै पनि दण्डित हुनुपर्छ

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १0:३६
शरणार्थी प्रकरणमा माधव नेपाल भन्छन्- बदमासी गर्ने जोसुकै पनि दण्डित हुनुपर्छ

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

आइतबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँगको संवादमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले शरणार्थी प्रकरणमा सरकारलाई दबाब आए पनि झुक्न नहुने समेत बताएका हुन्।

उनले भने, ‘निर्दोष पर्न भएन, दोषी उम्कन भएन। बदमासी गर्ने जोसुकै ठूला ओहदाका भएपनि छुट्न भएन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटलाई लक्षित गर्दै उनले भने,  ‘घटनामा संलग्न दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृहमन्त्रीलाई समेत दबाब आएको होला। तर दबाबसामु झुक्नु हुँदैन भन्ने आम सबैको मान्यता छ। बदमासी गर्ने जोसुकै हुन, जस्तोसुकै ओहदाको भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याए दण्डित गरिनु पर्छ।’

गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीको नामावलीसम्बन्धी फाइल संशोधन गरेर नेपाली नागरिकको नाम समावेश गरेर अमेरिका पठाउने तयारी भइरहेको यस घटनामा संलग्नको आशंकामा पक्राउ परेकाहरूबाट खुलेको हो।

उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन्।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।