November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गण्डकीमा सुरु भयो मतदान

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १२:३४
गण्डकीमा सुरु भयो मतदान
  • नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्व चयनका निम्ति मतदान सुरु
  • निर्वाचन समिति संयोजक सुरेन्द्र थापामगरका अनुसार विद्युतीय मतदान गरिँदै
  • अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ
  • अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा

पोखरा ।।

नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्व चयनका निम्ति मतदान सुरु गरिएको छ । पार्टीको पहिलो गण्डकी अधिवेशनअन्तर्गत बिहीबार मध्याह्नदेखि मतदान थालिएको हो । निर्वाचन समिति संयोजक सुरेन्द्र थापामगरका अनुसार विद्युतीय मतदान गरिँदै छ । कुल ९०७ जनाले मतदान गर्नेछन् । सकेसम्म आजै मतपरिणाम सार्वजनिक गरिनेछ ।अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ । तीमध्ये २७ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

गण्डकी प्रदेश अध्यक्षका निम्ति निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन् । उनीहरू दुवै प्यानलसहित मैदानमा उत्रिएका छन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ । अधिकारीको पक्षमा स्थायी कमिटी सदस्य खगराज अधिकारी रहेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेलको समेत साथ छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्