July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १0:२१
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी

काठमाडौँ । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ । भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ ।

दोस्रो चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुरलगायत विभिन्न पार्टीका धेरै दिग्गजहरूको राजनीतिक भाग्यको फैसला हुनेछ । दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान मा भाग लिँदै छन् । जसमध्ये ८ करोड ८ लाख पुरुष र ७ करोड ८० लाख महिला तथा ५ हजार ९२९ तेस्रो लिङ्गी मतदाता रहेको आयोगले जनाएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजे समाप्त हुनेछ ।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर गरी १३ राज्यका ८८ सिटमा मतदान हुँदै छ ।

जसमा असमका ५ सिट, बिहारका ५ सिट, जम्मू कश्मीरको एक सिट, कर्नाटकको १४ सिट, केरलाको २० सिट, मध्य प्रदेशको ७ सिट, महाराष्ट्रको ८ सीट, राजस्थानको १३ सिट, त्रिपुराको एक सीट, उत्तर प्रदेशको ८ सीट, पश्चिम बंगालको ३ रहेका छन्

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्