April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सीआईबीको काम सुन तस्करी जांचबुझ आयोगले हेर्ने

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १५:0२
सीआईबीको काम सुन तस्करी जांचबुझ आयोगले हेर्ने
  • सीआईबीले गरिरहेको कामलाई जाँचबुझ आयोगले ख्याल गर्ने 
  • अहिलेसम्म भएका तस्करीको अध्ययन गरेर रिपोर्ट दिनु चुनौती
  • आयोगलाई अदालत सरह अधिकार रहेकाले जो सुकैलाई पनि बोलाएको बेला आइदिन आग्रह

काठमाडौं ।।

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेका बेला आफूले अध्ययन नगर्ने बताएको छ । तर सीआईबीले अनुसन्धान सकेपछि त्यसमा कुनै कमीकमजोरी भएको छ कि छैन भनेर चाहिँ आयोगले हेर्ने छ । सरकारले हालै मात्र उच्च अदालतका पूर्व कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा चार सदस्यीय जाँचबुझ आयोग बनाएको थियो । आयोगको बुधबार बसेको पहिलो बैठकले आफ्नो कार्यादेशबारे सबैलाई जानकारी गराउने र कात्तिक १६ गतेसम्म सुझाव लिने निर्णय गरेको छ ।

अध्यक्ष आचार्यका अनुसार कार्यायोजना निर्माणका क्रममा आयोगलाई पैठारीबारे अध्ययन गर्ने भनेको, तर निकासीबारे नबोलेकाले अध्ययन सीमा के हुने भनेर समेत छलफल भएको छ । उनले अघि भने, ‘अहिलेसम्म भएका अनुसन्धान, विचाराधीन मुद्दा र सीआईबीले अनुसन्धान गरिरहेको विषयमा मुद्दामा पनि कमजोरी छ भने खोज भनेको छ । यो अर्को चुनौती हो ।’ सुन तस्करीको प्रवृत्तिमा दिनदिनै परिर्वतन भइरहेको भन्दै उनले अहिलेसम्म भएका तस्करीको अध्ययन गरेर रिपोर्ट दिनु चुनौतीपूर्ण रहेको बताए ।

सीआईबीको अनुसन्धानबारे तपाईंहरुको बझाई के हो भन्ने प्रश्नमा उनले भने, ‘सीआईबीले अहिले गरिरहेको विषयमा हाम्रो अध्ययनका क्रममा मुद्दा दर्ता गरिसक्छ । सीआईबीले अध्ययन गरिरहेकै क्रममा हामीले त्यहाँ गएर अध्ययन गर्ने होइन ।’ तर सीआईबीले गरेको अनुसन्धान चाहिँ ठीक भयो कि भएन भनेर चाहिँ हेर्ने अध्यक्ष आचार्यले बताए । आयोगलाई अदालत सरह अधिकार रहेकाले जो सुकैलाई पनि बोलाएको बेला आइदिन आग्रह गरे । नभए पक्राउ पूर्जी जारी गर्नसक्ने अधिकार रहेको उनले बताए ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।