May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई अवरुद्ध गर्यो त्यो मलाई भन्नुस् : राजेन्द्र लिङ्देन

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १२:४४
राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई अवरुद्ध गर्यो त्यो मलाई भन्नुस् : राजेन्द्र लिङ्देन
  • धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप
  • बैठकका बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे आशंका गरे
  • लिङ्देनले त्यस्तो गतिविधि के थियो प्रष्ट पार्न आग्रह गरे

काठमाडौं ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप पुष्टि गर्न चुनौती गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकका बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे आशंका गरेका थिए ।  शुक्रबार प्रतिनिधि सभाको बैठकबाटै अध्यक्ष लिङ्देनले त्यस्तो गतिविधि के थियो प्रष्ट पार्न आग्रह गरेका हुन् । ‘केही साथीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन्, निगरानी गर्नुपर्यो ।

राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, उनको गतिविधि ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे’ बिहीबार प्रतिनिधि सभाको बैठकमा उठेको विषय अध्यक्ष लिङ्देनले स्मरण गरे । ‘कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मक सद्भाव विथोल्न लागेको छ ?’ अध्यक्ष लिङ्देनले प्रश्न गरे, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ र लोकतन्त्र विरोधी भएको छ ? त्यसको म जानकारी लिन चाहन्छु ।’

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।