June 20, 2024 | बिहिबार, असार ६, २०८१
सुचनाहरु
सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने

  • साझा परिवेश
  • मङ्लबार, पुस २६, २०७९ 0९:१५
सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने

सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

वि.सं. २०६३ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाको निर्णयद्वारा पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने परम्परा समाप्त गरिएको थियो।

त्यसको ११ वर्षपछि २०७४ सालमा शेर बहादुर देउवाकाको सरकारमा कमल थापा उपप्रधानमन्त्री हुँदा पुष २७ गते सार्वजनिक बिदा दिइएको थियो ।

पुष २७ गते ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ मनाइँदै छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस २६, २०७९ 0९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्