sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१२ कक्षा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सिपको लागी नीति बनाउँ : जनार्दन शर्मा

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:४९
१२ कक्षा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सिपको लागी नीति बनाउँ : जनार्दन शर्मा
  • १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने
  • औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने
  • १२ कक्षा पढेर निस्केका विद्यार्थी आफ्नो कुनै न कुनै सिपमा सक्षम हुनुपर्ने

काठमाडौं ।।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षक विधेयकमाथि जारी छलफलमा बोल्दै शर्माले यसलाई औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने बताए ।

‘१२ कक्षा पढेर निस्केका विद्यार्थी आफ्नो कुनै न कुनै सिपमा सक्षम हुनुपर्ने आवश्यक्ता छ । त्यस्तो खालको पाठ्यक्रम बनाउने हिसाबले, संस्था बनाउने हिसाबले, शिक्षण विधि तय गर्ने हिसाबले अबको कानुनलाई व्यवस्थित बनाउनु पर्ने आवश्यक्ता छ’, शर्माले बैठकमा भने, ‘शिक्षालाई सिपसँग जोड्ने, सिपलाई श्रमसँग जोड्ने, श्रमलाई रोजगारीसँग जोड्ने, रोजगारलाई उत्पादनसँग जोड्ने र उत्पदनलाई बजारसँग जोड्ने शिक्षा नीतिको बनाउनु पर्छ ।’

शर्माले १२ कक्षासम्मको विद्यालय शिक्षालाई एकरुपतामा लैजानु पर्ने र सबै विद्यार्थीले एउटै खालको शिक्षा पाउने पाठ्यक्रम, शिक्षण विधि, शिक्षकका सेवा सुविधा र टेनिङको व्यवस्था गर्नुपर्ने बताए । उनले शिक्षा नीतिकलाई सबैले स्वीकार गर्नसक्ने बनाउनु पर्ने भन्दै विभिन्न समयमा भएका सम्झौतालाई मुलुकको कानुन र संविधानसम्मत ढंगले समेटेर लैजानु पर्ने बताए ।

उनले राष्ट्रियतालाई सुदृढ गर्ने, संस्कार, संस्कृति र उत्पादनलाई वुद्धि गरी असल शिक्षा नीति निर्माणका लागि गम्भिरतापूर्वक छलफल गर्नुपर्ने आवश्यक्ता औँल्याए । ‘हामीले सबैको विज्ञता, ज्ञान र क्षमतालाई राम्रोसँग समेट्न सकेनौँ भने हामी अर्को युगसम्मका लागि जिम्मेवारी पूरा नगरेको ठहरिन्छ’, शर्माले भने, ‘त्यसैले व्यापक छलफल गरी असल शिक्षा नीति बनाउनु पर्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid