April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते

सरकारले शिक्षा विधेयक सच्याउनैपर्छ : चन्द्र भण्डारी

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १६:४४
सरकारले शिक्षा विधेयक सच्याउनैपर्छ : चन्द्र भण्डारी
  • शिक्षा क्षेत्र नै नबुझिकन हतारमा विधेयक बन्यो 
  • अब आन्दोलनरत पक्षको माग सम्बोधन हुने गरी विधेयक पारित हुने
  • चिकित्सकमाथि हातहात हुनु अत्यन्तै दु:खद

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसद्‌मा पेस गरेको शिक्षा विधेयक सच्याउन आफूहरू लागिपरेको बताएका छन् । सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा विधेयक ल्याएको तर्क गरे ।  बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुने गरी विधेयक पारित हुने बताए ।

“शिक्षासम्बन्धी जुन विधेयक आएको छ, यो भनेको केवल शिक्षकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन होइन । योसित अभिभावक हुन्छन् । योसित विद्यार्थी हुन्छन् । योसित पाठ्यक्रम हुन्छ । योसित परीक्षा प्रणाली हुन्छ । त्यसकारणले सरकारले पेस गर्ने हो । सम्बन्धित निकायसँग कुरा नगरिकन हतारमा पेस गर्‍यो । अत्यन्तै ठूलो मेच्युरिटीको अभाव । त्यसकारणले टिचरहरूले आन्दोलन गरे,” उनले भने ।

अर्को प्रसंगमा उनले चिकित्सकमाथि हातहात हुनु अत्यन्तै दु:खद भएको  बताए । यस्ता घटना हुन नदिन कडा कानून बनाउनुपर्ने उनको भनाइ छ ।  “अहिले डाक्टरहरू जुन आन्दोलनमा हुनुहुन्छ । जो मानिसको जीवनसँग जोडिएको छ । ती डाक्टरहरूमाथि हातपात हुनुभएको अन्यन्त दु:खद कुरा हो,” भण्डारीले भने ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।