May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल

इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा, घाइते नौ मध्ये दुई जनाको अवस्था गम्भीर

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० 0८:४३
इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा, घाइते नौ मध्ये दुई जनाको अवस्था गम्भीर

काठमाण्डौ – इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेका छन् । इजरायलमा हमास समूहको आक्रमणमा परेर नौ जना नेपाली घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत ११ महिनाका लागि इन्टर्न गर्न इजरायल गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना गएको भदौ २७ गते इजरायल गएका हुन् । उनीहरु द्वन्द्व प्रभावित क्षेत्रमा छन् । उनीहरु रहेको क्षेत्र द्वन्द्वग्रस्त गाजा क्षेत्रबाट नजिकै छ । यो क्षेत्र हमास समूहको नियन्त्रणमा छ । परराष्ट्रले मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावास आक्रमण प्रभावित क्षेत्रमा रहेका नेपालीसँग निकट सम्पर्कमा रहेको र उनीहरुको सुरक्षा तथा उद्धारका साथै उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।

यस्तै, त्यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न मन्त्रालयले अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावासको टेलीफोन नम्बर ९७२९००३५१६८०८५, तथा राजदूत कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको ९७२५२८२८९३०० र इमेल [email protected] मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

सरकारले इजरायलमा भएको आक्रमणको भत्सर्ना गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । हमास समूहको आक्रमणमा परी इजरायलका २ सय ५० जना भन्दा धेरैको ज्यान गएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० 0८:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट