May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

शिक्षा विधेयकको बारेमा आज शिक्षामन्त्रीले जवाफ दिने

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १२:२१
शिक्षा विधेयकको बारेमा आज शिक्षामन्त्रीले जवाफ दिने
  • प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै
  • सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिए
  • संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क हुने

काठमाडौं ।।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकका उठेका पश्नहरुको जवाफ दिने कार्यसूची छ । गत शुक्रबारको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिएका थिए । त्यसक्रममा सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका थिए । संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने भनेको छ । यो कार्यान्वयन नहुने गरी विधेयक आएको सांसदहरुको टिप्पणी छ ।

आधारभूत र माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्रको विषय भएको तर सरकारले केन्द्रिकृत सोचबाटै विधेयक ल्याएको भनेर सांसदहरुले सरकारको जवाफ मागेका छन् । सांसदहरुले शिक्षकहरुसँग भएको सहमति कार्यान्वयनको सुनिश्चितता खोजेका छन् । शैक्षिक बेरोजगारलाई ख्याल गर्नुपर्ने विषयमा सांसदहरुको जोड छ । यी लगायतका विषयमा शिक्षामन्त्री राइले आइतबार जवाफ दिने कार्यसूची छ । साथै, आइतबार नै प्रतिनिधि सभाको बैठकमा विद्युत विधेयक पेश गर्ने कार्यसूची पनि छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट