May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

देश युवाविहीन हुने खतरा बढ्दै, सरकारले जनताको पक्षमा काम गर्न सकेन : झलनाथ खनाल

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १३:0५
देश युवाविहीन हुने खतरा बढ्दै, सरकारले जनताको पक्षमा काम गर्न सकेन : झलनाथ खनाल
  • जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न सक्दैनन्
  • दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको खनालको आरोप
  • यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको औंल्याए

बुटवल ।।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको व्यवस्थामा जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियानका क्रममा आइतबार रुपन्देहीको भैरहवामा समाजवादी प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा नेता खनालले अहिलेको पुँजीवादी व्यवस्थामा तीन तहका सरकारले जनताले राहत अनुभूति गर्ने खालका काम गर्न नसकेको बताए ।

पुँजीवादी व्यवस्थाले आम नागरिकलाई भन्दा बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको खनालको आरोप छ । व्यवस्था फेरिए पनि जनताको जीवनस्तर र अवस्था नफेरिएको बताउँदै अब यही पुँजीवादी व्यवस्थामै रहने कि समाजवादी व्यवस्थामा जाने भन्ने विषयमा व्यापक बहस चलाउनुपर्ने नेता खनालले बताए । ‘पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न सकेको छैन’, खनालले भने, ‘अब समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरण आवश्यकता रहेको छ ।’

समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने खनालले प्रष्ट पारे । मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिँदै गएको उल्लेख गर्दै नेता खनालले यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको औंल्याए ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।