May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

द्वन्द्वग्रस्त इजरायलबाट उद्धारको पर्खाईमा हुनुहुन्छ ? यसरी गर्नुहोस् अनलाइन रजिस्ट्रेसन

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १0:२८
द्वन्द्वग्रस्त इजरायलबाट उद्धारको पर्खाईमा हुनुहुन्छ ? यसरी गर्नुहोस् अनलाइन रजिस्ट्रेसन

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेसन खुलाएको छ । आइतवार राति सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै दूतावासले रजिस्ट्रेसन लिङ्क उपलब्ध गराएको हो ।

“इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा अथवा त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकता अनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना सङ्कलनको काम सुरु गरेको छ,” सूचनामा लेखिएको छ, “यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूले उपलब्ध गराइएको लिङ्कमा क्लिक गरी रजिस्ट्रेसन गर्नुहोला ।”

रजिस्ट्रेसन गर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ । रजिस्ट्रेसनमा नेपाली नागरिकले आफ्नो पूरा नाम, हाल भएको ठाउँ, सम्पर्क नम्बर (इजरायली), नेपालको ठेगाना, नेपालमा सम्पर्क गर्न सकिने व्यक्तिको नाम, नेपालको सम्पर्क नम्बर, विद्यार्थीको हकमा नेपालमा अध्ययनरत विश्वविद्यालय वा क्याम्पसको नाम, इजरायलमा रहेको विश्वविद्यालय वा कलेजको नाम, फार्मको नाम, रोजगार उपलब्ध गराउने व्यक्ति वा संस्थाको नाम र ठेगाना, हालको अवस्था र आफूलाई कस्तो किसिमको उद्धार चाहिएको हो छनोट गर्नुपर्नेछ ।

त्यसैगरी इजरायलमा विकसित पछिल्लो घटनाक्रममा कारण अलपत्र परेका नेपालीहरूलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका लागि परराष्ट्र मन्त्रालयले विभिन्न सम्पर्क व्यक्ति तोकेको छ । यसका लागि परराष्ट्र मन्त्रालयका प्रवक्ता एवम् सह-सचिव सेवा लम्साललाई ९८५१३१०२२९, परराष्ट्र मन्त्रालयका सह-सचिव शरदराज आरणलाई ९८४४४९५८५८, परराष्ट्र मन्त्रालयका उपसचिव दुरपदा सापकोटालाई ९८४१४०३३६२ तथा पराराष्ट्र मन्त्रालयका शाखा अधिकृत कृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

त्यसैगरी मन्त्रालयको ईमेल एड्रेस [email protected] तथा तेल अविव इजरायल स्थित नेपाली दूतावासकी राजदूत कान्ता रिजाललाई +९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेलाई +९७२५२८२८९३०० तथा ईमेल एड्रेस [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

शनिवार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ सुरु भएपछि केही नेपाली समेत हताहत हुनुका साथै कयौं अलपत्र परेका छन् ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।