May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

राष्ट्रिय बालअधिकार परिषद् द्धारा चन्चल मण्डल लाई एक दिनको लागि उपाध्यक्षको जिम्मेवारी

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:00
राष्ट्रिय बालअधिकार परिषद् द्धारा चन्चल मण्डल लाई एक दिनको लागि उपाध्यक्षको जिम्मेवारी

काठमाडौं। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालबालिका शान्ति क्षेत्र अभियान र प्लान इन्टरनेशनललगायतको सहकार्यमा गल्र्स चाइल्ड टेक ओभर कार्यक्रम अन्तरगत धनुसाको चन्चल मण्डललाई एक दिनका लागि राष्ट्रिय बालअधिकार परिषद्को उपाध्यक्षको जिम्मेवारी इिएको छ ।

परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले मण्डललाई उपाध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका हुन । बानियाँले नीतिगत तथा कानुनी क्षेत्रमा कसरी काम हुन्छ र उपाध्यक्षको जिम्मेवारी कस्तो हुनेरहेछ भन्ने अनुभव गराउँन बालिकाले पनि चाहे भने हरेक काम गर्न सक्ने कुरा बताउदैँ उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।

उपाध्यक्ष बानियाँले राष्ट्रिय बालअधिकार परिषदको स्थापनाको उद्देश्य र लक्ष्य कार्यक्रमबारे जानकारी दिंदै बालबालिकाले नेतृत्व तहको दायित्व र जिम्मेवारीबारे अभ्यास गर्दै अगाडि बढाउँनपर्ने आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय बालिका दिवस सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ ।

दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण ९गर्ल्स टेकओभर० मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ ।

अभियानका महासचिव तिलोत्तम पौडेलले ११ अक्टोवर दिनलाई विश्वभरका बालिकामा समर्पित गर्दै दिवस मनाउने सन्दर्भमा नेपाली बालिकाहरू पनि आफ्ना माग, आवश्यकता र भावना मञ्चहरूमा प्रस्तुत गर्न सक्ने क्षमता बढ्दै गएको बताएका छन् ।

सो अभियानका कार्यकारी निर्देशक आत्मराम थापाले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थासँगको ऐक्यवद्धतामा एक दिनका लागि पद हस्तान्तरण र सांसदसँग छलफल कार्यक्रम गरी बालबालिकाको सवाललाई नीति निर्माण तहसम्म पु¥याउने जमर्को गरको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट