sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हामीलाई बचाऊ सरकार भन्दै इजरायलमा विद्यार्थीहरूको रुवाबासी

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:५८
हामीलाई बचाऊ सरकार भन्दै इजरायलमा विद्यार्थीहरूको रुवाबासी
  • नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग गुहार
  • बंकरमा राति राति मिसाइल खस्ने
  • आक्रमणकारीबाट मारिने खतरा
  • चाँडो उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह

प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण हिंसाग्रस्त इजरायलबाट पाँच नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग गुहार मागेका छन्।  विपिन सुवेदीले असुरक्षित बंकरबाट भिडिओ सन्देश जारी गर्दै बताएअनुसार उनीहरू पाँच जना सुदूरपश्चिम विश्वविद्यलायअन्तर्गत कृषि विज्ञान संकायबाट अध्ययनका लागि इजरायल पुगेका हुन्।

उनले आफूहरू ३ दिनदेखि बसेको बंकरमा राति राति मिसाइल खस्ने गरेको उल्लेख गर्दै कुनै पनि बेला आक्रमणकारीबाट मारिने खतरा रहेकाले सक्दो चाँडो उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन्।

‘म विपिन सुवेदी, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट हामी आएको विद्यार्थीहरू, यहाँ हामी पाँच जना छौँ’, सुवेदीले भनेका छन्, ‘म यो भिडिओ नबनाउने स्थितिमा थिएँ, घरकालाई पीडा हुन्छ भनेर, घरकालाई तनाव हुन्छ भनेर। तर घरभन्दा माथि उठेर, अहिले हामीलाई देशले केही नगरेको अवस्थामा, हामी यो भिडिओ बनाउन विवश छौँ।’

उनले अगाडि भनेका छन्, ‘हामी यहाँ पाँच जना छौँ। यो अहिले हजुरहरू देखिरहनुभएको छ- यो बंकर हो, हामी जहाँ बसिरहेका छौँ। यो बंकरमा करिब ३ दिन भयो हामी बस्न थालेको। यो बंकरमा हिजो साँझदेखि एम्बेसीले हामीलाई उद्धार गर्छ कि भनेर यो लुगा लगाएर पनि, लुगा लाकोजस्तो गरेर। आश त्यति छ हामीलाई। तर हामी यहाँ रातभरि, दिउँसोमा त, अहिले बिहानको कुरा भयो। बिहान ८ बजिराछ अहिले। यो बिहान भएर हामीलाई यति धेरै बनाउन आँट आइरहेको छ।’

जब रात पर्छ, तब आफूहरू बस्ने बंकरमाथि मिसाइल खस्ने गरेको उनको भनाइ छ। मरिने डरले रातभरि निद्रा नलाग्ने उनले बताएका छन्।

‘हामी जब साँझ पर्छ, रातिमा यो बंकर पनि माथि मिसाइल खस्दा एकदम दर्दनाक हुन्छ। हामीले १० जना साथी त गुमाइसक्यौँ। अझै हामी पनि गुम्छौँ कि भन्ने डर छ’, सुवेदीले भिडिओमा भनेका छन्, ‘दस जना साथीको त्यो चिच्याहट, दस जना साथीले हामीलाई गरेको त्यो हारगुहार, सबै चिज हामीलाई याद आउँछ। रातभरि निद्रा लाग्दैन। हामीलाई त्यति मात्र होइन, मिसाइल हाने पनि यो बंकरमा बच्छ भनेर नेपाल सरकारले सोचिरा होला। हामी यहाँ आउने ढोका, जो अहिले हामीलाई उज्यालो आइराछ, त्यो ढोका ओपन (खुला) छ, त्यहाँ आएर टेरोरिस्ट (आतंककारी) ले साथीहरूलाई जस्तै हामीलाई पनि क्रूरतापूर्वक मार्‍यो भने हामी पनि त्यसैगरी मर्ने! प्लिज बिन्ती छ– हामी अब अझै कुर्न सक्दैनौँ। हामी न्युजमा सुन्छौँ -इन्डियाले एउटा टिकटक स्टारलाई होल प्लेन चार्टर गरेर इन्डिया लग्यो भनेर। हाम्रो नेपाल सरकारले हामी यत्रो विद्यार्थीलाई– हामी कृषि क्षेत्रमा केही पनि गर्न सक्दैनौँ होरु हामी ३९ जनामा १० जना त गुमाइसक्यौँ, अझै पनि जति बचेका छौँ, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नि? देश फर्केर हामीले पनि केही न केही गर्थ्यौँ होला। केही न केही गर्दियोस्, हामीलाई मिटिङ भइराछ यतात्यता सुनाउनु पर्दैन। म्यासेजमा हामीले यस्तो गरिराछौँ भन्नुपर्दैन। राज्यले यो गरिराछ, त्यो गरिराछ, हजुरहरू मिटिङ गर्नुस्, चाहे जे गर्नुस्। ती दिन भयो, त्यो पनि त सोच्दिनुस्।….

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid