April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

हामीलाई बचाऊ सरकार भन्दै इजरायलमा विद्यार्थीहरूको रुवाबासी

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:५८
हामीलाई बचाऊ सरकार भन्दै इजरायलमा विद्यार्थीहरूको रुवाबासी
  • नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग गुहार
  • बंकरमा राति राति मिसाइल खस्ने
  • आक्रमणकारीबाट मारिने खतरा
  • चाँडो उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह

प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण हिंसाग्रस्त इजरायलबाट पाँच नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग गुहार मागेका छन्।  विपिन सुवेदीले असुरक्षित बंकरबाट भिडिओ सन्देश जारी गर्दै बताएअनुसार उनीहरू पाँच जना सुदूरपश्चिम विश्वविद्यलायअन्तर्गत कृषि विज्ञान संकायबाट अध्ययनका लागि इजरायल पुगेका हुन्।

उनले आफूहरू ३ दिनदेखि बसेको बंकरमा राति राति मिसाइल खस्ने गरेको उल्लेख गर्दै कुनै पनि बेला आक्रमणकारीबाट मारिने खतरा रहेकाले सक्दो चाँडो उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन्।

‘म विपिन सुवेदी, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट हामी आएको विद्यार्थीहरू, यहाँ हामी पाँच जना छौँ’, सुवेदीले भनेका छन्, ‘म यो भिडिओ नबनाउने स्थितिमा थिएँ, घरकालाई पीडा हुन्छ भनेर, घरकालाई तनाव हुन्छ भनेर। तर घरभन्दा माथि उठेर, अहिले हामीलाई देशले केही नगरेको अवस्थामा, हामी यो भिडिओ बनाउन विवश छौँ।’

उनले अगाडि भनेका छन्, ‘हामी यहाँ पाँच जना छौँ। यो अहिले हजुरहरू देखिरहनुभएको छ- यो बंकर हो, हामी जहाँ बसिरहेका छौँ। यो बंकरमा करिब ३ दिन भयो हामी बस्न थालेको। यो बंकरमा हिजो साँझदेखि एम्बेसीले हामीलाई उद्धार गर्छ कि भनेर यो लुगा लगाएर पनि, लुगा लाकोजस्तो गरेर। आश त्यति छ हामीलाई। तर हामी यहाँ रातभरि, दिउँसोमा त, अहिले बिहानको कुरा भयो। बिहान ८ बजिराछ अहिले। यो बिहान भएर हामीलाई यति धेरै बनाउन आँट आइरहेको छ।’

जब रात पर्छ, तब आफूहरू बस्ने बंकरमाथि मिसाइल खस्ने गरेको उनको भनाइ छ। मरिने डरले रातभरि निद्रा नलाग्ने उनले बताएका छन्।

‘हामी जब साँझ पर्छ, रातिमा यो बंकर पनि माथि मिसाइल खस्दा एकदम दर्दनाक हुन्छ। हामीले १० जना साथी त गुमाइसक्यौँ। अझै हामी पनि गुम्छौँ कि भन्ने डर छ’, सुवेदीले भिडिओमा भनेका छन्, ‘दस जना साथीको त्यो चिच्याहट, दस जना साथीले हामीलाई गरेको त्यो हारगुहार, सबै चिज हामीलाई याद आउँछ। रातभरि निद्रा लाग्दैन। हामीलाई त्यति मात्र होइन, मिसाइल हाने पनि यो बंकरमा बच्छ भनेर नेपाल सरकारले सोचिरा होला। हामी यहाँ आउने ढोका, जो अहिले हामीलाई उज्यालो आइराछ, त्यो ढोका ओपन (खुला) छ, त्यहाँ आएर टेरोरिस्ट (आतंककारी) ले साथीहरूलाई जस्तै हामीलाई पनि क्रूरतापूर्वक मार्‍यो भने हामी पनि त्यसैगरी मर्ने! प्लिज बिन्ती छ– हामी अब अझै कुर्न सक्दैनौँ। हामी न्युजमा सुन्छौँ -इन्डियाले एउटा टिकटक स्टारलाई होल प्लेन चार्टर गरेर इन्डिया लग्यो भनेर। हाम्रो नेपाल सरकारले हामी यत्रो विद्यार्थीलाई– हामी कृषि क्षेत्रमा केही पनि गर्न सक्दैनौँ होरु हामी ३९ जनामा १० जना त गुमाइसक्यौँ, अझै पनि जति बचेका छौँ, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नि? देश फर्केर हामीले पनि केही न केही गर्थ्यौँ होला। केही न केही गर्दियोस्, हामीलाई मिटिङ भइराछ यतात्यता सुनाउनु पर्दैन। म्यासेजमा हामीले यस्तो गरिराछौँ भन्नुपर्दैन। राज्यले यो गरिराछ, त्यो गरिराछ, हजुरहरू मिटिङ गर्नुस्, चाहे जे गर्नुस्। ती दिन भयो, त्यो पनि त सोच्दिनुस्।….

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट