sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रोमानियापछि मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी हुने

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १६:४२
रोमानियापछि मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी हुने

काठमाण्डौ – रोमानियापछि सरकारले युरोपियन देश जर्मनीसँग पनि श्रम समझदारी गर्ने भएको छ ।

अक्टोबर १० अर्थात् भोलि मङ्गलवार नेपालले जर्मनीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जनाकारी दिनुभयो ।

युरोपेली देश रोमानियासँग नेपालले गएको शुक्रवार मात्र श्रम समझदारी गरेको हो ।

पछिल्लो समय युरोपेली देशमा नेपालीहरूको आकर्षण बढ्दै गएको छ । संस्थागत रूपमा श्रमिकहरू पठाउन नसक्दा व्यक्तिगत माध्यममार्फत लाखौँ रुपैयाँ तिरेर श्रमिकहरू युरोप रोजगारीमा गइरहेका छन् ।

श्रमिकको रोजाइ र सुरक्षाको हिसाबले पनि खाडीका देशभन्दा युरोपेली देश राम्रो भएकाले सरकारले पछिल्लो समय युरोपका देशहरूसँग श्रम समझदारी गर्दै लैजाने योजना बनाएको सहसचिव पोखरेल बताउनुहुन्छ ।

उहाँका अनुसार दुई देशबीच हुने यो श्रम समझदारीले नेपालीका लागि सुरक्षित रोजगारीको ढोका खुल्ने र यसले नेपाली श्रमिकको सामाजिक सुरक्षा लगायत थुप्रै कुराको प्रत्याभूत गर्ने छ ।

यसअघि खाडीका देशहरूसँग भएको श्रम समझदारीभन्दा युरोपेली देश रोमानिया र जर्मनीसँग हुने श्रम समझदारीको प्रकृति केही फरक छ ।

सहसचिव पोखरेल भन्नुहुन्छ ‘युरोपका देशमा सामाजिक सुरक्षा, तलब लगायत थुप्रै कुराको व्यवस्था खाडीका देशको तुलनामा राम्रो भएकाले पनि यी देशसँग हुने श्रम समझदारी अलिक फरक प्रकृतिको हुन्छ ।’

नेपालले जर्मनीसँग भने प्रशिक्षार्थी श्रमिक पठाउने गरी श्रम समझदारी गर्न लागेको हो । तर अहिले नै जर्मनीले कुन कुन क्षेत्रमा नेपाली श्रमिक कति सङ्ख्यामा लैजान्छ भन्ने कुरा भने तोकिएको छैन ।

जर्मनीसँग श्रम समझदारी गर्न श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल त्यहाँ पुगिसकेको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid