December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

टिकटक प्रतिबन्ध विरुद्धका रिट ‘हेर्न नभ्याइने’ मा

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:२९
टिकटक प्रतिबन्ध विरुद्धका रिट ‘हेर्न नभ्याइने’ मा

सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुन सकेन।

टिकटकको प्रतिबन्ध विरुद्ध १० वटा रिट परेका थिए। सबै रिटमाथि न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको थियो।

त्यस्तै, न्यायाधीशद्वय चुडाल र नहकुल सुवेदीको संयुक्त इजालसमा २० वटा मुद्दाको पेशी तोकिएको थियो। यी मुद्दामाथि संयुक्त इजलासमा सुनुवाइ चलेका कारण एकल इजलास बस्न सकेन।

त्यसैले न्यायाधीश चुडालको एकल इजलासमा पेशी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन। सबै मुद्दालाई सर्वोच्च अदालत प्रशासनले ‘हेर्न नभ्याइने’ मा राखेको छ।

सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध फुकुवाको माग गर्दै विभिन्न कानून व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।