May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ?

चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने हमासको चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:२७
चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने हमासको चेतावनी

गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका छन्। सोमबार जारी गरिएको अडियो बयानमा कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र भएको बताएका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी घोषणा गर्दछौं कि यदि हाम्रा मानिसहरूलाई कुनै चेतावनी बिना उनीहरूको घरको सुरक्षामा निशाना बनाइयो भने, हामी हाम्रा शत्रु (इजरायल) को बन्धकहरूलाई मार्नेछौं।’

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको आक्रमणप्रति आफ्नो देशको प्रतिक्रियालाई ‘सुरुवात मात्र’ भनेका थिए।

उनले भनेका थिए, ‘यो त शुरुवात हो। हामी असंख्य बलको आधारमा उनीहरूलाई पराजित गर्नेछौँ। हामी अपार शक्ति प्रयोग गर्नेछौँ। मध्यपूर्वलाई परिवर्तन गर्नेछौँ।’

कतारले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गरिरहेको समाचार बाहिर आएको छ। हमासले शनिबार इजरायलमा आक्रमण गरेदेखि दुई देशबीचको रक्तपातपूर्ण द्वन्द्वमा हालसम्म ९०० इजरायलीको मृत्यु भइसकेको छ। इजरायलको जवाफी आक्रमणमा गाजाका ७०० मानिसको मृत्यु भएको जनाइएको छ।

बेलायत, अमेरिका, फ्रान्स, इटाली र जर्मनीका नेताहरूले पनि संयुक्त वक्तव्य जारी गरेका छन्। जसमा उनीहरुले इजरायलप्रति पूर्ण समर्थन जनाएका छन्।

हमासले दर्जनौं इजरायली नागरिकलाई बन्धक बनाएको छ। यीमध्ये अधिकांश गाजामा रहेका बीबीसी समाचारमा उल्लेख छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।