sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने हमासको चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:२७
चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने हमासको चेतावनी

गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका छन्। सोमबार जारी गरिएको अडियो बयानमा कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र भएको बताएका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी घोषणा गर्दछौं कि यदि हाम्रा मानिसहरूलाई कुनै चेतावनी बिना उनीहरूको घरको सुरक्षामा निशाना बनाइयो भने, हामी हाम्रा शत्रु (इजरायल) को बन्धकहरूलाई मार्नेछौं।’

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको आक्रमणप्रति आफ्नो देशको प्रतिक्रियालाई ‘सुरुवात मात्र’ भनेका थिए।

उनले भनेका थिए, ‘यो त शुरुवात हो। हामी असंख्य बलको आधारमा उनीहरूलाई पराजित गर्नेछौँ। हामी अपार शक्ति प्रयोग गर्नेछौँ। मध्यपूर्वलाई परिवर्तन गर्नेछौँ।’

कतारले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गरिरहेको समाचार बाहिर आएको छ। हमासले शनिबार इजरायलमा आक्रमण गरेदेखि दुई देशबीचको रक्तपातपूर्ण द्वन्द्वमा हालसम्म ९०० इजरायलीको मृत्यु भइसकेको छ। इजरायलको जवाफी आक्रमणमा गाजाका ७०० मानिसको मृत्यु भएको जनाइएको छ।

बेलायत, अमेरिका, फ्रान्स, इटाली र जर्मनीका नेताहरूले पनि संयुक्त वक्तव्य जारी गरेका छन्। जसमा उनीहरुले इजरायलप्रति पूर्ण समर्थन जनाएका छन्।

हमासले दर्जनौं इजरायली नागरिकलाई बन्धक बनाएको छ। यीमध्ये अधिकांश गाजामा रहेका बीबीसी समाचारमा उल्लेख छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid