July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १७, २०८० १६:१३
छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताए ।

नेपालले सधैँ छिमेकीहरूसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्ने उनले बताए । दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो भएको उनले बताए । नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भूभागहरू बिचको एउटा प्रवेशद्वार भएकोले महत्त्वपूर्ण रहेको बताए । नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने बताए ।

परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए । विकास साझेदारहरूसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको उनले बताए । नेपाल सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट विकासशील देशको रुपमा उत्तीर्ण हुने तयारीमा रहेकोले नेपालको विकास प्रक्रियालाई दिगो बनाउन सबै साझेदारहरूबाट आर्थिक सहयोगको स्तरवृद्धि आवश्यक रहेको उनले बताए । सन् १९४८ मा परराष्ट्र नीतिको छलफल र विश्वव्यापी सरोकारका विषयमा वकालत गर्ने गरी नेपाल विश्व सम्बन्ध परिषद्को स्थापना भएको थियो । यो गैर–राजनीतिक र गैर–नाफामुखी संस्थाको रूपमा रहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १७, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्